मन्त्री बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन, ज्ञानेन्द्रसित तुलना नगर्नुहोला’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १७, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १७,काठमाडौँ । सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने उनले बताएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन । ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’

‘ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधैँ यो कुरा किन उठाउनुहुन्छ ?’

पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।

बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेको भन्दै उनले भने, ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा के–के सम्म समाचार छाप्नुभयो । आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ? आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ ‘ अचम्म लाग्छ बा ।’

मन परेन भने कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक भएको तर, हुँदै नभएको कुरा नल्याउन आग्रह गरे । उनले अघि भने, ‘कसले फेसबुक ट्वीटरमा प्रतिबन्ध लगाउने भनेको छ ? यहाँबाट पैसा लगेपछि कर चाहिँ तिर्नुपर्छ कि पर्दैन ?’

ताजा अपडेट

खोजी गर्नुहोस