चैत १८, काठमाडौँ । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
अज्ञात समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको मृत्यू भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।
गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति बुटवलमा मृत्यु भएको हो । वैदेशिक रोजगार व्यवसायी पुरीको छातिमा गोली लागेको थियो ।
एउटा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।