४० बर्षपछि फेरीदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप ! आजबाट दैनिक १० घण्टा सेवा बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सोमबारबाट सुरु गर्न लागिएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन९वेको स्तरोन्नति काम सुरु गर्दैछ ।

नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइनेछ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक अप्ठेरा आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक९पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषरयाम लागेपछि निकै बढ्छ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको हो ।

अब हालको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ । अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्ग भित्री सतहबाट स्तरोन्नति गरिनेछ । भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइँदैछ ।

‘लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना र ठूला छिद्रहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भुबनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर रिह्याबिलिटेसन गर्नुपर्छ,’ उड्ययन अधिकारीहरु भन्छन् ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ । यो रिह्याबको काम गरे २१ घन्टा मात्र चल्ने गरेको विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ ।

धावनमार्ग ममर्तको काम काम गर्न राति १० बजेपछि मात्रै सुरु हुनेछ र विहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य बनाइसकिनेछ ।

एक रातमा धावनमार्गको ८० देखि १०० मिटरसम्ममा मात्रै काम हुन सक्ने पौडेलले बताए । यो समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान–अवतरण सेवा रोकिनेछ ।

उपकरण, जनशक्ति, दक्ष प्रविधिक सामग्रीहरु तयार अवस्थामा राखिएको पौडलले जानकारी दिए । रातभर काम गरेपछि विहान उडान सुरु हुने बेलासम्म खनिएको धावनमार्गको भाग स्तरोन्नति गरेर तयार गरिसक्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस