आजदेखि ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह’ मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २१, आईतबार (९ घण्टा अघि)
  • ५६ पटक पढिएको
आजदेखि ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह’ मनाइँदै

वैशाख २१, काठमाडौं । ‘दिगो समुदाय कम्पोस्टबाट सुरु हुन्छन्’ भन्ने मूल नाराका साथ आज ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२’ विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

विगत २६ वर्षदेखि अन्तरराष्ट्रिय कम्पोस्ट सचेतना सप्ताह निरन्तर आयोजना हुँदै आएको र यस वर्ष पनि अङ्ग्रेजी मे महिनाको पहिलो हप्ता भव्यताका साथ विश्वका विभिन्न स्थानमा मनाइँदै छ । नेपालमा आजदेखि २७ गतेसम्म काठमाडौँका विभिन्न स्थानसहित देशका विभिन्न भागमा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।

सप्ताहभरि विभिन्न विद्यालय, विश्वविद्यालय, स्थानीय तह, सामुदायिक संस्था तथा वातावरणमैत्री व्यवसायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । उक्त सप्ताहमा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौशीखेती तथा यससम्बन्धी विभिन्न व्यवसायी संलग्न हुने छन् ।

कार्यक्रमअनुसार आज बिहान भृकुटीमण्डपबाट वसन्तपुरसम्म कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलमा कम्पोस्ट सचेतना र्याली निकालिदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस