सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २१, आईतबार (९ घण्टा अघि)
  • ६७ पटक पढिएको
सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

बैशाख २१,काठमाडौँ । आज सुनको भाउ बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस