चैत्र १८,काठमाडौँ । बिरामीको चाप अत्याधिक भएका कारण नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं आइपुगेको छ । उनिहरुको अवस्था गम्भिर प्रकृतीको रहेको बताइएको छ । सेनाको स्काई ट्रक भर्खरै काठमाडौँ विमानस्थलमा अवतरण भएको हो ।
आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु हुनुका साथै करिब ७ सय बढी घाइते भएका छन् ।
बिरामीलाई ल्याउनका लागि गृहमन्त्रालयले समन्वय गरिरहेको छ ।
गृहमन्त्रालयका अधिकारीहरुका अनुसार घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ ।