यी प्रदेशमा हुनेछ आज वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २३, मंगलबार (७ घण्टा अघि)
  • ५६ पटक पढिएको
यी प्रदेशमा हुनेछ आज वर्षा

वैशाख २३, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली छ । साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस