हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने उद्योग वाणिज्य महासंघको घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई राहतका लागि पचास लाख रुपैयाँको कोष बनाउने निर्णय गरेको छ ।

महासंघको सोमबार बसेको आकस्मिक बैठकले पचास लाख रुपैयाँको कोष बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो । महासंघकी अध्यक्ष भवानी राणाले पचास लाख रुपैयाँको कोष बनाएको बताउँदै पीडितका लागि टेन्ट र अन्य मानवीय सहायता उपलब्ध गराउने जानकारी दिईन् ।

‘बारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । यसले हामी निजी क्षेत्रलाई मर्माहत बनाएको छ । हामीले तत्कालै राहत लागि पचास लाख रुपैयाँ छुट्याएका छौं’, उनले भनिन्, ‘हामीले टेन्ट समेत किनेर प्रभावित क्षेत्रमा वितरण गर्नेछौं ।’ उनका अनुसार महासंघको प्रदेश नम्बर २ र जिल्ला उद्योग वाणिज्य महासंघले राहत वितरणको नेतृत्व गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस