संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख २३, मंगलबार (१ महिना अघि)
  • ८६ पटक पढिएको
संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वैशाख २३, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ ।

दुवै सदनका बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस