नेपालमा वर्षेनी झण्डै २ लाख जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २३, मंगलबार (७ घण्टा अघि)
  • ६७ पटक पढिएको
नेपालमा वर्षेनी झण्डै २ लाख जनाको मृत्यु

वैशाख २३, काठमाडौं । केन्द्रीय तथ्याङ्क कार्यालयले एक वर्षमा कुल १ लाख ९८ हजार ४६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोमबार तथ्याङ्क कार्यालयले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

तथ्याङ्क कार्यालयका अनुसार प्रदेशस्तरमा परिवारका आधारमा मृत्युको अनुपात कोशीमा सर्वाधिक ३.१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सबैभन्दा न्यून अर्थात् २.२ प्रतिशत कर्णालीमा रहेको छ ।

जिल्लास्तरको तथ्याङ्क तुलना गर्दा सर्वाधिक ३.८५ कपिलवस्तु र न्यूनतम १.८५ रुकुम–पश्चिममा रहेको छ । सबै उमेर समूहमा पुरुषहरूको मृत्यु सङ्ख्याले महिलाहरूको मृत्यु सङ्ख्यालाई पछाडि पारेको छ । प्रदेशगत रूपमा हेर्दा वृद्ध जनसङ्ख्याको मृत्युदर गण्डकी र बागमतीमा उच्च छ ।

तथ्याङ्क कार्यालयका अनुसार जन्मँदाको अवस्थामा संयुक्त पुरुष तथा महिलाको औषत उमेर ७१.३ वर्ष रहेको छ । महिलाको हकमा यो मान ७३.८ वर्ष छ भने पुरुषतर्फ यो मान ६८.२ वर्ष रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

यस्तै सहरी क्षेत्रको ७१.७ वर्षको तुलनामा ग्रामीण क्षेत्रको ७२.३ वर्ष रहेको छ । नेपालको करिब ८० प्रतिशत जनसङ्ख्या ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको छ । प्राकृतिक प्रकोपका कारणले हुने मृत्यु ४.८ प्रतिशत, सडक र अन्य दुर्घटनाबाट हुने मृत्यु ५.९ प्रतिशत र आत्महत्याका कारणले भएको मृत्युले २.७ प्रतिशत हिस्सा ओगटेको कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस