हावाहुरी पीडितलाई राजपाले ५ लाख सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतवार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई रु पाँच लाख सहयोग गर्ने भएको छ ।

राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले सोमवार एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरूप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताए ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ । साथै राहत सहयोग सकंलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ ।

राजपाले प्राकृतिक विपतको अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । बारा र पर्सामा आइतवार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म २७ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस