मौसम विज्ञान विभागसँग हावाहुरीको पूर्वानुमान गर्ने राडार नै छैन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १९, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य र पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको थियो।

तर, आइतबार साँझ मध्य तराईका बारा र पर्सामा असिना पानी मात्र परेन, ठूलो जनधनको क्षति पुग्ने गरी भीषण हावाहुरी नै चल्यो।

वर्षाको पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागले हावाहुरीको पूर्वानुमान गर्न सक्दैन? विभागका महानिर्देशक सुर्जकुमार वैद्य भन्छन्, ‘हावाहुरी, असिना, हिउँ, चट्याङको पूर्वानुमान गर्ने मौसमी राडार, बेलुन सञ्चालन गर्नै सकिएन। हामी तापक्रम र वर्षाको मात्रै पूर्वानुमान गर्न सक्ने हैसियतमा छौँ।’

हावाहुरीको समेत पूर्वानुमान गर्न सक्ने एउटा राडार नेपालसँग छ। तर, सञ्चालनमा छैन। सो राडार पाल्पामा स्थापना गर्न ठेकेदार कम्पनीलाई संरचना निर्माणको जिम्मा दिइए पनि काम नसकिएको वैद्यले बताए।

यस्तै सुर्खेत र उदयपुरमा राडार राख्ने स्थानको पहिचान मात्रै गरिएको छ। एउटा राडार सञ्चालन गर्न ३० करोड खर्च लाग्छ।

‘राडार सञ्चालन भए हावाहुरी चल्नुभन्दा एक–दुई घन्टाअघि नै पूर्वानुमान गरेर ठूलो क्षतिबाट बच्न सकिन्छ’, बैद्यले भने।

ताजा अपडेट

खोजी गर्नुहोस