यस वर्षको बजेटको सिलिङ गत वर्षभन्दा दुई खर्ब बढी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १९, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । लगानी सम्मेलनलगत्तै सरकार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलमा जुटेको छ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङबाहिर नजानेगरी बजेटको छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्रालयको श्रोत समितिको बैठकले चालु आर्थिक वर्षको बजेटमा १५ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षको बजेटको सिलिङ निर्धारण गरेको थियो।

राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई पठाएको पत्रअनुसार आगामी आवको बजेटको आकार १४ खर्ब ९३ अर्ब रुपैयाँको हुनेछ।

सरकारले चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १७ करोड रुपैयाँ बिनियोजन गरेको छ।

यद्यपी उक्त बजेटलाई मध्यावधि समीक्षामार्फत संशोधन गरी करिब १३ अर्बमा झारिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस