कांग्रेस संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८२ जेष्ठ ३, शनिबार (११ घण्टा अघि)
  • ४८ पटक पढिएको
कांग्रेस संसदीय दलको बैठक बस्दै

जेठ ३, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाउनुभएको हो ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । दिउँसो १ बजे बस्ने संसदीय दल कार्यसमितिको बैठकले थप एजेण्डा तय गर्नेछ ।

टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । यसबारे समेत बैठकमा छलफल हुने बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस