चैत्र १९,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बारा र पर्सामा आएको आँधीहुरीबाट भत्किएका घर सरकारले बनाईदिने बताएका छन ।
मंगलबार प्रचण्ड हुरी प्रभावित गाउँहरुमा पुगेर यस्तो बताएका हुन । पीडितहरुलाई छाटो सम्बोधन गरेका उनले नेकपाको तर्फबाट मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
पीडितहरुको घर सरकारले बनाइदिने घोषणा गर्दै उनले भने, ‘आज विहान मात्र मेरो प्रधानमन्त्रीजीसँग पनि कुरा भएको थियो । सरकारले सबै क्षतविक्षत भएका घरहरु बनाइदिने निर्णय भएको छ । यो जानकारी पनि म गराउन चाहन्छु ।’
घाइतेको उपचार खर्च व्यहोर्ने र बालीनालीको क्षतिमा पनि सरकारले सहयोग गर्ने उनले बताए ।