चैत २०, काठमाडौँ । बुटबल १ गढीटोलका फिरोज खानको हत्या भिनाजुसँगको लसपस लुकाउन श्रीमतीकै संलग्नतामा भएको रहस्य खुलेको छ।
१३ चैतमा बुटबल अटोभिलेजस्थित ग्यारेजमा कार्यरत फिरोज खानको हत्या भएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
हत्यामा फिरोजकी श्रीमती साइना खातुन र साइनका भिनाजु कादिन अन्सारीको संलग्नता रहेको प्रहरीको दावी छ।
प्रहरीका अनुसार फिरोजलाई कादिरले नै गोली प्रहार गरेका हुन्। घटनापछि साइना पक्राउ परेकी छन् भने कादिर भारततर्फ भागेका छन्।
सालीभेनाबीच अबैद्य सम्बन्ध रहेको र त्यसैका कारण हत्या भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए।