मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, भोलि सार्वजनिक गरिने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ११, आईतबार (१० घण्टा अघि)
  • ३९ पटक पढिएको
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, भोलि सार्वजनिक गरिने तयारी

जेठ ११,काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी तीव्र पारेको छ। समीक्षा सम्भवतः भोलि (सोमबार) सार्वजनिक गरिने छ।

तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आज राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बस्ने तयारी छ। नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा बस्ने समितिले समीक्षा पारित गरेपछि सञ्चालक समिति बैठक बोलाइने छ। सञ्चालक समितिबाट अनुमोदन भएपछि समीक्षा भोलि बेलुकासम्म सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

नवनियुक्त गभर्नर डा पौडेलको पहिलो औपचारिक नीति दस्तावेज भएकाले समीक्षाबाट धेरै ठूलो परिवर्तनको भने अपेक्षा गरिएको छैन । यद्यपी उनको गभर्नरका रूपमा आगामी नीति दृष्टिकोण, प्राथमिकता र शैली कस्तो हुनेछ भन्नेबारे यसले केहि संकेत दिने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस