शेयरबजारमा गिरावट ! ओम मेगाश्रीको सर्किट कायमै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ११, आईतबार (७ घण्टा अघि)
  • ३५ पटक पढिएको
शेयरबजारमा गिरावट ! ओम मेगाश्रीको सर्किट कायमै

जेठ ११,काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७९ दशमलव ९८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै होटल समूहको शेयर १ दशमलव ७५ र विकास बैंक समूहको शेयर १ दशमलव ४६ प्रतिशतले घटेको छ ।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै ८ दशमलव २८ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ६० करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस