जेठ १२, बर्दिवास –जुन बाटोमा सबै अगाडि बढ्छन्, त्यही बाटोमा जिवनाथ पोखरेल ‘जेबी’ पछाडि फर्किए – तर उद्देश्य सीधै हृदयसम्म पुर्याउने ।
‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ भनेर नाम दिइएको यो अभियान कुनै मनोरञ्जन मात्र होइन, संस्कृति, स्वास्थ्य र पर्यटनको मिठो संगम थियो ।
बर्दिवासबाट सुरु भएको यो यात्रा सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेर सांस्कृतिक सुरसंगीतमा विलीन भयो । २५ सदस्यीय टोलीका साथमा जेबीले ‘मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक’ भन्ने नारालाई बडो अपनत्वसाथ बोके ।
संयोजक सुबोध कट्टेल भन्छन्, “हामीले हाम्रै धरोहर, हाम्रै जीवनशैलीलाई फेरि एकपटक टाउकोमा बोकेर देखाउन खोजेका हौं ।”
सुरक्षित यात्रा, रोचक प्रस्तुति र मौलिक उद्देश्यले यो उल्टो यात्रा सीधै मन जित्ने बन्यो ।