धनी र गरिबबीचको खाडल हटाउने योजना बनाउन प्रचण्डको सुझाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २०,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले धनी र गरिबबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका छन ।

अध्यक्ष दाहालले सरकारका आउँदो बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

बुधबारबाट काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधारपत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए । पढेको जनशक्ति विदेश पलायन हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह गरे। उहाँले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस