अनावश्यक विवादमा ल्याउने प्रयास भइरहेको भन्दै राष्ट्रपतिद्धारा असन्तुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २०,काठमाडौँ । राष्टपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई अनावश्यक विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन् ।

बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको बताएकी हुन् ।

‘केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र अनास्था फैलाउने आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने जस्ता कार्यहरु हुँदै आएका छन्, यसबाट न्यायपालिका पनि अछुतो छैन,’ राष्ट्रपति भण्डारीले भनिन् ।

कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको उनले बताइन् । बुधबार राजधानीमा सुरु तेस्रो राष्ट्रिय सम्मेलन पर्सी (शुक्रबार)सम्म चल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस