उपराष्ट्रपति पुत्रसँग हावाहुरी पीडित भन्छन् : सिँहदरबार घुम्न जाने मन छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत २०, काठमाडौँ ।  आइतबार राती पूर्वी तराईका दुई जिल्ला बारा र पर्सामा भीषण हावाहुरी आयो । जसबाट २८ जनाको मृत्यु भयो भने ६ सय भन्दा बढि घाइते भएका छन् । हुरी आएको जनधनको क्षति भएको खबर पाएपछि दिपेश पुन राती नै त्यसतर्फ पुगे । पीडितको घाउमा मह्लम लगाउन पुगेका उनले रातभरी नै उद्धारमा खटिए । उनी  प्रभावशाली विद्यार्थी नेता मात्रै नभएर उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र समेत हुन् ।

राहत वितरण तथा अस्थायी बासस्थान निर्माणमा उनी भरपुर खटिएका छन् । आइतबार राती तराईमा आएको आँधीहुरीबाट प्रभावितहरुलाई उद्दारका लागि पुन राती नै प्रभावित क्षेत्र पुगेका थिए ।

प्रभावित क्षेत्रका पीडिहरुसँग बस्दै गर्दा उनलाई धेरैले धेरै कुरा सुनाए । त्यसैमध्ये फेटा गाउँपालिका भरवलियाका एक वृद्धले भने उनलाई सिंहदरबार हेर्न मन लागेको कुरा सुनाए । उनले भने, ‘बाबु, एकपटक सिंहदरबार हेरेर मात्रै मर्ने इच्छा छ ।’ उनको ईच्छा यति मात्रै थिएन, उनले थपे, ‘सिँहदरबार मात्रै हैन, मलाई उपराष्ट्रपति भवन पनि हेर्न मन छ ।’ उनले जिज्ञासु भावमा सोधे, ‘हेर्न पाईन्छ कि पाईँदैन होला ? यो हेरेर मात्रै मर्ने इच्छा छ, पुरा हुन्छ कि हुन्न होला ?’

जसले यस्तो इच्छा देखाईरहेका थिए, उनी हावाहुरीबाट बल्लतल्ल बाँचेका व्यक्ति हुन् । हावाहुरीले घर भत्कायो, उनी खाटमुनी च्यापिए । त्यसरी बाँच्न सफल भए उनी ।

उपराष्ट्रपति पुनका पुत्र दिपेश भन्छन्, ‘मैले काठमाडौँ आउँदा फोन गर्न भनेर आफ्नो मोबाइल नम्बर दिएको छु ।’ उनले ति वृद्धलाई सिँहदरबार घुमाईदिने समेत वचन दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस