डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड“

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २१, बुधबार (२ दिन अघि)
  • ५३ पटक पढिएको
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड“

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममामिति २०८२ साल जेठ २० गतेदेखि आफ्ना ग्राहक वर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसन मार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवालिन सक्नेछन् । सो सेवा मार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस