रैथाने बाली र परम्परागत कृषि सीप संरक्षणमा जोड : कृषिमन्त्री

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८२ जेष्ठ २४, शनिबार (१३ घण्टा अघि)
  • ६२ पटक पढिएको
रैथाने बाली र परम्परागत कृषि सीप संरक्षणमा जोड : कृषिमन्त्री

जेठ २४, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन् ।

एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार रैथाने बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताएका हुन् ।

मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गरे । उनले अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राखे ।

ताजा अपडेट

खोजी गर्नुहोस