तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयको तीन करोड विनियोजन

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २४, शनिबार (१२ घण्टा अघि)
  • ६७ पटक पढिएको
तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयको तीन करोड विनियोजन

जेठ २४, काठमाडौं । सत्तारुढ कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको छ ।

कांग्रेस नेता प्रकाशमान सिंह नेतृत्वमा रहेको मन्त्रालयले काठमाडौं महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो ।

उपप्रधान एवं सहरी विकासमन्त्री सिंह गणेशमानका छोरा हुन् । मितव्ययी बन्ने भन्दै सरकारले नयाँ आयोजनामा बजेट नदिने भनिरहेको बेलामा आफू मन्त्री भएको मौकामा बाबुको नाममा तरुण दलको भवन बनाउने भन्दै बजेट छुट्टाएका हुन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजनान पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस