जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २४, शनिबार (९ घण्टा अघि)
  • १४ पटक पढिएको
जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

जेठ २४, काठमाडौं । काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने भएको छ । सम्मेलन यही जेठ ३० गतेदेखि १ गतेसम्म काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले शनिबार (जेठ २४) काठमाडौंमा पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका निम्ति सम्मेलनको आयोजना गरिएको जनाएको छ ।

सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालका निम्ति पहिलो हुने बताए । राज्यसत्तामा पूर्ण रूपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतमा हिस्सेदारी र धर्म सुधारलगायत मुख्य तीन एजेन्डमा बहस हुने संयोजक विश्वकर्माले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस