कांग्रेस सभापति देउवाको घुर्की : ‘केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक पर्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २१, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २१,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताएका छन । उनले पार्टीको विशेष महाधिवेशन आव्हान नगर्ने तर उनीहरुले बोलाए सामना गर्न तयार रहेको बताएका हुन ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ ।’ तर उनले पार्टीले भने विशेष महाधिवेशन नबोलाउने दाबी गरेका छन । पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले भन्दै सभापति देउवाले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने धारणा राखे ।

सभापति देउवाले संवैधानिक क्षेत्रको व्यक्ति नियुक्ति जस्तो निर्णय गर्दा सरकारले कांग्रेससँग सहकार्य नै नगरेको आरोप लगाए । उनले सरकारले एकलौटी निर्णय गरेकोले प्रतिपक्षी दलको हैसियतले पनि सरकारले गरेका गलत निर्णयका विरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताए ।

कांग्रेस सभापति देउवाले न्याय परिषद्को नियुक्तिमा मौन समर्थन गरेका छन । न्याय परिषद्ले गरेको सिफारिस र निर्णयलाई म सही या गलत भन्ने पक्षमा छैन, उनले भने । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनु पर्छ’, उनले भने, ‘तर परिषद्ले गरेको निर्णय या गलत भनेर टिप्पणी गर्न जरुरी छैन ।’ देउवाले न्याय परिषद्लाई राजनीति हस्तक्षेपबाट मुक्त राख्न पनि जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस