बिपी राजमार्गमा १५ दिन राती गाडी चलाउन रोक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ६, शुक्रबार (९ घण्टा अघि)
  • ६२ पटक पढिएको
बिपी राजमार्गमा १५ दिन राती गाडी चलाउन रोक

असार ६, काठमाडौं । बीपी राजमार्गमा रातको समयमा यात्रुबाहक सवारी चलाउन रोक लगाइएको छ ।

आज सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढि पहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ दिनको लागि रातको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

भोलिदेखि पहिलो चरणमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस