असार ६, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार अभियुक्त अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठमेलमा होटल भियना चलाएर बसेकी अमला र उनका पति दावा छिरिङ सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
रोकाको खोजीका लागि इन्टरपोलले डिफ्यूजन नोटिससमेत जारी गरेको थियो । उनी हाल पुर्पक्षका लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन् । जो यसै प्रकरणमा पक्राउ परेका थिए ।
राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलि ल्याइएको ६१ किलो सुन बरामद गरेको थियो ।