५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसलाको निर्णय सुनाउने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १८, बुधबार (१ दिन अघि)
  • ५० पटक पढिएको
५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसलाको निर्णय सुनाउने

असार १८, काठमाडौं । ५२ संवैधानिक निकाय तथा आयोगहरुमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको निर्णय सर्वोच्च अदालतले आज सुनाउँदै छ । साढे चार वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय बुधबार सुनाउन लागेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले माघ ३० गतेदेखि यो मुद्दाको निरन्तर सुनुवाइ गरेको थियो । गत जेठ २ गते अन्तिम सुनुवाइ गर्दै इजलासले जेठ २८ गते निर्णय सुनाउने मिति तोके पनि मिति सारेर असार १८ लाई तोकिएको थियो ।

संवैधानिक परिषद्को सिफारिसमा सरकारले २०७७ माघ २१ गते ३२ जना र २०७८ असार १० गते २० जना पदाधिकारी नियुक्त गरेको थियो । तर ती नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्चमा १५ वटा रिट परेका थिए । तर रिटको सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सम्मिलित संवैधानिक परिषद्ले नियुक्त गरेका पदाधिकारीको मुद्दा उनले हेर्न नमिल्ने भन्ने विवादसमेत भएको थियो ।

त्यसपछि कायममुकायम प्रधानन्यायधीश दीपक कार्की, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठले पनि मुद्दा टुंग्याउन चासो दिएनन् । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्ति भएपछि भने रिटमा निरन्तर सुनुवाइ अगाडि बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस