काँग्रेस बैठक अन्तिम समयमा किन भयो स्थगित ? यस्तो छ कारण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २३, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत २३, काठमाडौँ । शनिबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

शिर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको जानकारी केन्द्रिय सदस्य महेन्द्र यादवले दिए।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए।

काँग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ। विभाग गठनका लागि देउवामाथि दवाव परेपछि काँग्रेस केन्द्रिय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस