कोरिया भाषा परीक्षा शुल्कमा मात्रै सवा अर्ब बाहिरियो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत २५, काठमाडौँ । कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको १ करोड १४ लाख ६९ हजार डलर (करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ) बाहिरिएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन्।

यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ।

भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ डलर शुल्क लाग्छ। ‘परीक्षामा सहभागी हुनेबाट बुझाइएको रकम नेपालमा राख्न मिल्दैन, त्यो सबै कोरिया पठाउनुपर्छ,’ ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले भने, ‘हामीले पैसा पठाएपछि परीक्षा सञ्चालनका लागि २५ प्रतिशत खर्च उतैबाट आउँछ।’

कोरियाको परीक्षा शुल्कबापत रकम बाहिरिने क्रम प्रत्येक वर्ष बढिरहेको छ। ईपीएसले पहिलो पटक परीक्षा लिँदा ७ लाख ५६ हजार डलर बाहिरिएको थियो। यस पटक २२ लाख १७ हजार डलर पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस