बजेट निर्माणमा सरकार–प्रतिपक्षी सहकार्य : अध्ययन गर्न सांसदको दुई टोली देशब्यापी भ्रमणमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • ६५ पटक पढिएको
Post Thumbnail

चैत्र २५,काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग सहमती र सहकार्यमा आगामी बजेट तयारी गर्न लागेको छ । सोहीअनुसार बजेटबारे अध्ययन गर्न सांसदहरुको दुई टोली जिल्ला देशब्यापी भ्रमणमा जाने भएको छ । सांसदहरुको एक टोली पूर्व र एक टोली पश्चिममा गई आर्थिक वर्ष २०७६/७७ को बजेटमा समावेश गर्नुपर्ने योजनाका विषयमा छलफल गर्न लागेको हो ।

संसदको अर्थ समितिले नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको हो ।  कार्की नेतृत्वको टोलीले प्रदेश १, २ र ३ तथा पाण्डे नेतृत्वको टोलीले गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गई बजेटबारे छलफल गर्नेछ ।

पूर्वी क्षेत्रमा जाने टोलीमा सांसदहरु टोलीप्रमुख कार्कीसँगै जुलीकुमारी महतो, प्रमिला राई मेटमणि चौधरी, मोतीलाल दुगड, रामबाबु कुमार यादव र सरवत आरा खानमलगायत रहेका छन् ।

त्यस्तै पश्चिम क्षेत्र जाने टोलीमा टोलीप्रमुख पाण्डेसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, घनश्याम भुसाल, हरिराज अधिकारी, रामकुमारी झाँक्री, जयकुमार राई, तुलसी थापा लगायत रहेका छन् ।

टोलीले प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर बजेट र योजनाबारे अन्तर्क्रिया गर्नेछ । ।

त्यस्तै बजेट कार्यान्वयन र बजेटमा समावेश गर्नुपर्ने योजनाबारे पनि छलफल गर्नेछ । दुबै टोली अध्ययनबाट फर्केपछि प्रतिवेदन तयार गरी संघीय सरकारलाई बजेट निर्माणका लागि सुझाव र निर्देशन दिने अर्थ समितिले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस