त्रिवि–विद्यार्थी संगठन संयुक्त वैठक : जेष्ठ १० भित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र २८, बिहिबार (६ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौँ । आगामी स्ववियू निर्वाचनका विषयमा छलफल गर्न त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनहरु विच आज संयुक्त वैठक बसेको छ ।

त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा बसेको बैठकमा वैशाखको अन्तिम साता वा जेष्ठ १० भित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिविले राखेको छ ।

निर्धारित समयमा निर्वाचन नहुँदा नयाँ पुस्ता माथि घोर अन्याय भएको निष्कर्ष हामीले निकालेका छौँ बैठकपछि विद्यार्थी नेता रश्मी आचार्यले अनलाईन केन्द्रलाई भने । उनले थपे– ‘स्ववियुमा देखिएका एकाध विकृतिहरु समेत हरेक दुई दुई बर्षमा हुने निर्वाचनले हल गर्दै जाने हुँदा समयमै निर्वाचन गरि विद्यार्थीहरुको बलिदानी पूर्ण संघर्षबाट स्थापित स्ववियुको जगेर्नामा जुट्नु नै आजका विद्यार्थी संगठनहरुको प्रधान दायित्व हो ।’

अनेक बखेडा झिकेर यो दायित्वबाट कुनै पनि विद्यार्थी संगठन नभाग्न उनले आग्रह गरेका छन । बैठकमा अखिल क्रान्तिकारीका कार्यवहाक अध्यक्ष सुरेन्द्र बस्नेत,अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्य लगायत विद्यार्थी नेताहरुको उस्थिती रहेको थियो ।

ताजा अपडेट

११ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस