बैशाख १०, रामेछाप । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलन सुरु गर्दा देखेको सपना पुरा हुने चरणमा पुगेको बताएका छन्।
पुष्पलाललाई नेपाल सरकारले रास्टिय« नायक घोषणा गर्नुपर्ने उनको माग छ। युवा संघ नेपालको तर्फ बाट पुष्पलालको सालिकमा माल्यार्पण पछि सम्बोधन गर्दै उनले पुष्पलालले देखाएको बाटो अहिले समृद्द नेपाल निर्माणको प्रमुख सुत्र बनेको बताए।
भङेरीले गंगालाल र पुष्पलाल जस्तो नायकहरु जन्माएको र यो ठाउँको बिकासमा सबैको चासो रहनु पर्ने उनको भनाइ थियो। दुई ठुला कम्युनिस्ट पार्टीको एकताले पुष्पलालको सपना साकार पार्ने उनको भनाइ थियो।
बर्तमान सरकारले पुष्पलालको सपना लाई बिपनामा रुपान्तरण गर्न रातदिन लागी परेको र अब सरकार ले लिएको निति र कार्यको परिणाम देखिन सुरु भएको उनले उल्लेख गरे ।
दुई नया अन्तरास्ट्रिय बिमानस्थलहरु सन्चालनमा आउने तयारीमा रहेको, बेरोजगारी समस्याको समाधानमा नयाँ आयाम थपेको साथै बिकास निर्माणमा छिटो परिणाम देखिने कार्य प्रारम्भ भएको उनले जिकिर गरे। यसै गरि भङेरी मा आजै नेकपा प्रदेस ३ ले आयोजना गरेको कार्यक्रममा उनको सहभागिता थियो ।