पोलिटब्यूरो छान्न प्रचण्डलाई भन्दा ओलीलाई सजिलो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख १२, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौँ । जिल्ला एकीकरण टुंगिएलगतै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ।

तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन्।

केन्द्रीय कमिटीको एक तिहाइ रहने गरी पोलिटत्तब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ।

चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ।

केन्द्रीय समितिमा दुबै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठलाई आधार मानेर पोलिटब्युरो बनाउने नेताहरुबीच सहमति छ।

पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाइई ६६ जना पोलिटब्युरो सदस्य भागबण्डामा परेको छ।

पूर्व एमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरुमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुई पटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ।

पूर्व माओवादीलाई भने उपगुट मिलाउन र वरिष्ठ नेता छान्न सकस परेको छ।

पूर्व माओवादीमा नारायणकाजी श्रेष्ठ, बादल, देबेन्द्र पौडेल र नेकपा संयुक्तबाट एकीकरणमा आएका समूहसमेत समेट्नुपर्ने बाध्यताका कारण प्रचण्डलाई अप्ठ्यारो परेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस