पराजयपछि राजीनामाको तयारीमा राहुल गान्धी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ जेष्ठ १०, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौँ । लोकसभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिने तयारी गरेका छन् ।

बहिनी प्रियंका गान्धी र आमा सोनिया गान्धी लगायतका वरिष्ठ नेताहरु संलग्न बैठकमा बिहीबार उनले आफूले राजीनामा दिन तयार रहेको बताएका हुन् । उनले चुनावी हारको सम्पूर्ण जिम्मा आफूले लिने बताएका हुन् ।

एक हप्ताभित्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने र उनको प्रस्तावमाथि निर्णय हुनेछ ।
एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस