पालैपालो सत्ताको नेतृत्व : ओली र दाहालबीच वार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २०, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाडौँ । पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढिरहेका बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको हो।

दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए।

बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन्।

प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूको भनाइ छ।

एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाज र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा बैठक सरेको सर्यै छ।

ताजा अपडेट

खोजी गर्नुहोस