जेठ २०, काठमाडौँ । भारतको असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको एएन–३२ विमान बेपत्ता भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
विमानमा चालकदलका ८ जना सदस्य र पाँचजना यात्री गरी १३ जना रहेको बताइएको छ ।
सोमबार उडान भएको केही समयमा नै सो विमानको विमानस्थलको टावरसँग सम्पर्क टुटेको थियो ।