मन्त्री बास्कोटाको दावी :’पत्रकारितालाई सम्मानित बनाउन मिडिया काउन्सिल विधेयक ल्याएका हौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २४,दाङ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारितालाई सम्मानित, विश्वसनीय र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक ल्याएको दावी गरेका छन ।

नेपाल पत्रकार महासंघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दावी गरे। प्रेसका जल्दाबल्दा मुद्दा छोडेर अहिले मिडिया काउन्सिल विधेयकमा अनावश्यक छलफल गरिएको टिप्पणी गरे।

प्रेस सबल बनोस् भन्नेमा आफू लागेको भन्दै उनले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य पेशाका व्यक्तिले पनि पाएको दावी गर्दै यसमा शुद्धीकरण आवश्यक परेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस