विश्वबिद्यालयको स्थापना दिवसमा निजी कलेजको विज्ञापन गरेपछि विद्यार्थीको विरोध

Post Thumbnail

असार ३,सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक प्रहरीले घाइते भएका छन्। विश्वविद्यालयको नवौं स्थापना दिवसको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठमाडौँका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन्। काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

निजी कलेजको विज्ञापन गरिएका टि–सर्ट बहिष्कार गर्नु पर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गर्दा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ। आन्दोलनमा सहभागी विद्यार्थी नेताहरु धुपेन्द्र शाही, तिर्सना हमाल, ममता अधिकारीलगायतका दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले बताए। ‘विश्वविद्यालयको नाममा निजी कलेजको विज्ञापन गर्ने विश्वविद्यालय प्रशासनकाविरुद्ध आन्दोलन गरेका हौं,’ उनले भने, ‘हामी वार्षिक उत्सव कार्यक्रमको विरोधी होइनौं।’ विश्वविद्यालयका विद्यार्थीविना नै वार्षिक उत्सवको कार्यक्रम भएको छ भने कार्यक्रम स्थलमा आफ्नै विद्यार्थीलाई प्रवेश निधेष गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस