अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ११, बुधबार (५ घण्टा अघि)
  • ६१ पटक पढिएको
अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

असार ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन दिएको छ । मन्त्रालयले सबै एम्बुलेन्स सञ्चालक, सम्बन्धित निकाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र आवश्यक अनुमति लिई कानुनी रूपमा सेवा संचालन गर्न अनुरोध समेत गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरू हालसम्म पनि अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै मन्त्रालयले अनुमति लिन आग्रह गरेको हो ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्सहरूले अनिवार्य रूपमा संचालन अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।

अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान गरिएको हुनुपर्ने, प्रेषण केन्द्र प्रणालीमा अनिवार्य आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनुपर्ने र चारचक्के सवारी हुनु पर्ने मापदण्ड राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस