देशैभरी एकैपटक निर्वाचन गर्न भारतीय राष्ट्रपतिको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार देशैभरी एकैपटक निर्वाचन गर्न प्रस्ताव गरेका छन् ।  देश विकासको गति वृद्धि गर्नका लागि एकैपटक निर्वाचन आवश्यक भएको भन्दै उनले यस बारेमा गम्भीरतापूर्वक छलफल गर्न सांसदहरुलाई आह्वान पनि गरे ।

हालै सम्पन्न आम निर्वाचनपछि बसेको संघीय सदनको संयुक्त बैठकलाई बिहीबार सम्वोधन गर्दै उहाँले भन्नुभयो, “पछिल्ला केही दशक हामी एक पछि अर्को गरी लगातार निर्वाचनमा व्यस्त हुने गरेका छौँ ।”
“कहिले देशको कुन भागमा त कहिले देशको कुन भागमा निर्वाचन हुने गरेको छ भने कहिले देशैभरी निर्वाचन हुने गरेको छ, यसले हाम्रो विकासको गतिलाई अवरोध गरेको छ,” उनले थपे ।

सङ्घीय सदन, प्रदेश र स्थानीय तह गरी राज्यका सवै निकायको निर्वाचन एकै पटक गर्नुपर्नेमा उनले जोड दिएका हुन् । यसले देश र जनतालाई नै फाईदा गर्ने उनको भनाई छ ।

“निर्वाचन एकैपटक भएपछि बाँकी समय सवै दलहरुले आ आफ्नो तरिकाले विकास निर्माण र समाज कल्याणका कामहरु गर्न पाउने छन्,” उनले तर्क गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसै विषयमा सवै पार्टीका नेताहरुसँग छलफल गरेको भोलिपल्ट राष्ट्रपति कोभिन्दले संसदमा यस्तो आग्रह गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस