पियुका तीन पदाधिकारी बर्खास्तपछि नैतिक सङ्कटमा उपकुलपति र रजिष्ट्रार !

Post Thumbnail

असार ६,काठमाडौँ । पुर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले अहिले कारबाही केहि लाइ मात्र गरिएको र अब उपकुलपति र रजिस्ट्रारलाई समेत बर्खास्त गर्नुपर्ने माग राखेको छ । नियुक्ती दिने भिसी र रजिष्ट्रारले नैतिक जिम्मेवारी लिदै राजिनामा दिनुपर्ने समाजको तर्क छ । समाजका अध्यक्ष सञ्जिव रोकायाले भने-‘उनिहरु स्वत बर्खास्तीमा पर्छन, पदमा बसिरहनुको औचित्य छैन ।’

कानुनत अयोग्य ब्यक्तीलाई नियुक्ती गरेर उच्चस्तरीय आयोगमार्फत कुलपती र सहकुलपतीले नियुक्ती प्राप्त व्यक्तिलाई कारबाही गर्न विश्वविद्यालयलाई निर्देशन दिए पश्चात रजिष्ट्रार र उपकुलपति स्वत सजायको भागेदार हुने रोकायाको तर्क छ । पदिय दुरुपयोगसहित अख्तियार दुरुपयोग अन्तर्गत अब निलम्बन मा परि मुद्दा चल्ने उनले बताए।

उनका अनुसार सर्टिफिकेट बिक्री गरेको विषयसहित धेरै विषयमा विश्वविद्यालयका उच्च पदस्थ अधिकारी तानिने छन । पुर्वाञ्चल विश्वविद्यालयलाई अब आगामी दिनमा कसैको स्वार्थमा प्रयोग हुन नदिन सबै सचेत हुनुपर्ने उनको जोड छ।

कार्यकारी परिषदको पूरानो निर्णय विपरीत आफैले नियुक्त गरेका पदाधिकारीलाई बर्खास्त गर्नुपरेपछि उपकुलपति दास र रजिष्ट्रार प्रमिला थापा नैतिक संकटमा परेका हुन् ।

कार्यकारी परिषदको निर्णय उल्टिएपछि विश्वविद्यालय पदाधिकारीले नैतिक जिम्मेवारी लिदै पदबाट राजिनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।  सोमबार कार्यकारी परिषदको बैठकले पूर्वाञ्चल विश्वविद्यालयका सहरजिष्ट्रार राजेशकुमार झा, चिकित्साशास्त्र संकायकी सहायक डिन दिप्ती सुब्बा र परीक्षा सहनियन्त्रक मेनुका श्रेष्ठलाई बर्खास्त गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस