विमानस्थलले झण्डै ६ लाख रोजगारी सिर्जना गर्ने !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ६ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ । विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने भएको हो ।

चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताए ।

अहिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको बैकल्पिक व्यवस्था स्वरुप यो विमानस्थल निर्माण गरिएको हो । सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै दश करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस