प्रधानमन्त्री ओलीलाई मिसन पत्रकारिताको चिन्ता !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ ३१, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगतले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भने, ‘मलाई मिसन पत्रकारिताले पेल्यो।’

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित भएपछि यस्तो ‘दुखेसो’ पोखेका हुन्।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्छन्, ‘मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ। विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने ?’

बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनु पर्ने खनालको तर्क छ।

करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर एक लेखमा भन्छन्, ‘असामान्य र अस्थिर अवस्थामा प्रेसको पहिचान हुन्छ, यस्तो बेला ठीक मिसनलाई समातेर जुन मिडियाले पत्रकारिता गर्छ, त्यसबाट उसको पहिचान बन्छ । मिसन पत्रकारिताको आवश्यकता आजको बदलिंदो अवस्थामा अझ बढेको छ।’

प्रधानमन्त्री ओलीले पहिलो पटक आम नागरिकसँग क्षमायाचना गरेर आफ्नो लोकप्रियता बढाउने प्रयास गरेका छन्। ‘उहाँको लोकप्रियता बढ्दा लोकतन्त्रलाई सघाउ पुग्ने अवस्था भएकाले प्रेसले महत्व दिएको छ, यसलाई पनि खराब मिसन भन्न मिल्दैन,’ खनालले भने।

ताजा अपडेट

खोजी गर्नुहोस