साउन २,काठमाडौँ । सरकारले राष्ट्रिय आबास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायण बास्तोलालाई नियुक्त गरेको छ ।असार २९ गते बसेको मन्त्री परिषदको निर्णयबाट बास्तोलालाई महाप्रबन्धकमा नियुक्त गरिएको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । महाप्रबन्धकमा नियुक्त बास्तोला नेकपा कास्कीका नेता तथा मदन भण्डारी फाउन्डेसन कास्कीका सल्लाहकार समेत हुन् ।
यसै गरी सरकारले काठमाडौँ उपत्यकामा सञ्चालनका लागि ३ सयवटा बिजुली बस किन्ने निर्णय गरेको छ।उनले ती बस किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेलाई तीन अर्ब रुपैयाँ सरकारको सेयर लगानीकारुपमा उपलब्ध गराउने निर्णय गरेको बताए ।सरकारले सरकारले गैरकानुनी रुपमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्काशनको निर्णय गरेको छ