पूर्वमन्त्री विष्टलाई हवाई जहाजभित्रै हृदयाघात !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हवाइजहाजमा यात्रा गरिरहेका बेला आकाशमा नै हृदयाघात भएको छ। आइतबार दिउँसो बुद्ध एयरको यु ४ ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ आउने क्रममा उनलाई हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

दिउँसो ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराएपछि अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको छ।

विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।

५७ वर्षीया विष्टको टाउकोमा समस्या आएपछि केही वर्षअघि टाउकोको अपरेसन (एनारकजिम) गरेका थिए। समयसमयमा फिजर (झड्का) लाग्ने समस्या उनलाई थियो। आइतबार पनि त्यस्तै खालको झड्का लागेको हृदयाघात भएको बताइएको छ।

नेपाली कांग्रेसको नेता समेत रहेका विष्टको स्वाथ्यमा क्रमशः सुधार आइरहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस