जनताका आकांक्षा पूरा नगरे आन्दोलन सफल हुँदैन : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका छन्। सिन्धुलीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘जनतालाई राहत दिलाउन र उनीहरुको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न यो व्यवस्थाले सक्नुपर्छ,’उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्,’ उनले भने, ‘जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ। हामीले गरे नगरेका सबै कुरा छर्लङ्गै छन्।’

ताजा अपडेट

खोजी गर्नुहोस