भाद्र ९,काठमाडौँ । नेपाली विमान कम्पनीलाई यूरोपेली संघ (ईयु) को कालो सूचीबाट हटाउन नेपाली अधिकारीले यूरोपियन युनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा) सँग लबिङ गरेका छन् ।
हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सम्मेलनका अवसरमा आएसाका उच्च अधिकारीसँग भएको वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणले कालो सूचीबाट हटाउने विषय उठाएको थियो ।
आएसा युरोपेली संघअन्तर्गतको नियामक निकाय हो । पर्यटन,संस्कृती तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली विमान कम्पनीलाई कालो सुचीबाट हटाउन पहिलो कदम चाल्ने बताएका थिए । उनले आफ्नो विभिन्न योजनामध्ये महत्वपुर्ण योजनामा कालोसुचीको विषयलाई मुख्य प्राथामिकतामा राखेका छन ।